Yarlung Chuchang Legend

यारलुङ वंश (च्युचाङ) लामा को वंशावली। सल्ला सुचाबको लागि हरदीक अनुरोद छ।

मिति २०७३ बैशाख ९ फुलासी, रामेछाप।

नेपाल याल्माे च्युचाङ संघ तथा साङाग् छेलिङ गाेन्पाव्दारा आयाेजित "धार्मिक प्रवचन तथा आयू अभिषेक "कार्यक्रममा प्रमुख धर्मगुरू तथा गाेछाङलिङ गाेन्पाका प्रमुख लामा श्रध्देय लामा छेवाङ साेनाम याेल्माेपाज्यूले "छेवाङ" (आयू अभिषेक) प्रदान गर्नुभयाे। उक्त छेवाङ कार्यक्रममा उहाँले आसिर वचन दिने क्रममा यस फुलासी, रामेछापमा याेल्माे क्षेत्रकाे गाेछाङलिङ गाेन्पाबाट च्युचाङ वंशजहरू आएकाे थियाे र पछि यहाँबाट एक जना च्युचाङ हाम्राे गाेछङलिङ गाेन्पामा अउनुभएकाे हाे भन्नुभयाे। हाल सम्म पनि फुलासीबाट आउनुभएका च्युचाङ वंशजहरूलाई नै हामीले गाेछाङलिङ गाेन्पाकाे उम्चे प्रदान गरिने परम्परा रहेकाे छ भन्नु भयाे।

यस छेवाङ कार्यक्रमका प्रमुख अतिथि बाैध्द विव्दान्, याेल्माेपा जातिकाे ईतिहासविद् तथा याेल्माे काग्यु साङाग् लाछाेगका का.वा. अध्यक्ष श्रध्देय लामा दावा साङ्बाे याेल्माेपाज्युले औपचरिक रूपमा उदघाटन गर्नुभएकाे थियाे। उक्त कार्यक्रयमलाई सम्बाेधन गर्ने क्रम्म उहाँले याेल्माेपा जाति अन्तरगतका च्युचाङ वंशका खाम्सुङ वाङदी च्युचाङ याेल्माेपा यस फुलासी, रामेछाप आउनुभई यस "साङाग् छोलिङ गाेन्पा " स्थापन गर्नु भएकाे हाे भन्नु भयाे। उक्त खाम्सुङ वाङदी याेल्माे गाेछाङलिङ गाेन्पाका उम्जे कर्मा थुपतेन च्युचाङ याेल्माेपाका वंश रहेकाे ईतिहासमा उल्लेख रहेका छ भन्नु भएकाे थए। उक्त कार्यक्रममा प्रमुख अतिथि लामा दावा साङ्बाे याेल्माेपाज्यूले आयू अभिषेक र बाैध्द धर्म सम्बन्धी प्रवचन समेत दिनुभयाे।

उक्त कार्यक्रममा याेल्माे क्षेत्र, ईलाल, धरन, काठमाडाैं र भारतका सिलिगुडीबाट समेत च्युचाङ वंशजहरूकाे उपस्थिति भएकाे थियाे । साे कार्यक्रमका सभापति नेपाल याेल्माे च्युचाङ संघका केन्द्रिय अध्यक्ष श्री सेरब सिङ च्युचाङ याेल्माेपा र सचिव पदम लामाज्यूले गर्नु भएकाे थियाे। Contact Us Visionnepal3@gmail.com





No comments:

Post a Comment